LISTEN LIVE RADIO

लुम्बिनीका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले पाए विश्वासको मत



भालुवाङ १९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएका छन ।

मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत पाएका हुन । प्रदेश सभाका बहुमत ५३ सांसदले मुख्यमन्त्रीलाई बिस्वासको मत दिएका हुन । कुल ८७ मत मध्ये पक्षमा ५३ र विपक्षमा २९ मत परेको थियो ।

मुख्यमन्त्रीले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने तयारी गरेका छ्न । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए।

मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संविधानमा उल्लेख छ।
प्रदेश सरकार प्रति नागरिकहरूको विश्वास रहेको भन्दै नागरिकहरूलाई उत्साह जगाउनेगरी काम गर्ने मुख्यमन्त्री बताए ।
मुख्यमन्त्रीलाई नेपाली काङ्ग्रेसका, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ती,लोसपा, जसपा, जनमत,र एक स्वतन्त्रले बिस्वास्को मत दिएका हुन । एमाले बिपक्षमा मतदान गरेको छ ।
अहिले मुख्यमन्त्रीसंगै नेकपा माओवादीबाट धनबहादुर मास्की, लोकतान्त्रीक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे, नागरिक उन्मुक्ती पार्टीका धर्मबहादुर चौधरी मन्त्री छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे