LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चाैधरीले पाए विश्वासको मत, बिपक्षमा २९ मत



लुम्बिनी प्रदेशका मुख्यमन्त्री चाैधरीले पाए विश्वासको मत, बिपक्षमा २९ मत

दाङ १८ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले विस्वासकाे मत पाएका छन् ।

मँगलबार बसेकाे लुम्बिनी प्रदेश सभाकाे पहिलाे अधिवेशनकाे दशाैँ बैठकबाट मुख्यमन्त्री चाैधरीले विस्वासकाे मत पाएका हुन् । चाैधरीले ८ दल र १ स्वतन्त्र गरि ५३ मत लिएका छन् भने २९ मत विपक्षमा परेको छ । राप्रपाका ४ सासंद भने तटस्थ बसे । बैशाख १४ गते मुख्य मन्त्रीमा नियुक्त भएका चाैधरीले ५ दिनपछी विस्वासकाे मत पाएका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत पाए लगत्तै सरकारलाई पूर्णता दिने तयारी गरेका छ्न । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए । प्रदेश सरकार प्रति नागरिकहरूको विश्वास रहेको भन्दै नागरिकहरूलाई उत्साह जगाउनेगरी काम गर्ने मुख्यमन्त्रीले बताए ।

त्यस्तै मुख्यमन्त्रीलाई नेपाली काङ्ग्रेसका, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ती, लोसपा, जसपा, जनमत,र एक स्वतन्त्रले बिस्वास्को मत दिएका हुन । एमालेले बिपक्षमा मतदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे