LISTEN LIVE RADIO

लुम्बिनीमा सरकार गठनबारे एमालेले भोली निर्णय गर्ने



लुम्बिनीमा सरकार गठनबारे एमालेले भोली निर्णय गर्ने

भालुवाङ  १३ बैशाख । लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनको आह्वान भएपछि नेकपा एमालेले अब कसरी जाने भन्नेमा भोली बिहान बैठक बसेर रणनीति तयार गर्ने जनाएको छ । प्रदेश प्रमुखको कार्यालयले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न आह्वान गरेको छ ।

एमालेले भने आफू ठुलो दलको हैसियतमा धारा ३ अनुसार सरकारको नेतृत्वमा पाउनुपर्ने तर्फ गर्दै आएको थियो । एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले आफूहरूले भोली बिहान बैठक बसेरै अब कसरी जाने निर्णय गर्ने बताए । कानुनी उपचार खोज्ने कि अन्य तरिकाले अघि बढ्ने विषयमा छलफल हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे