LISTEN LIVE RADIO

सञ्चार मन्त्री शर्मा वैशाख १४ देखि १६ गते दाङमा रहने



दाङ १३ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा वैशाख १४, १५ र १६ गते हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज आफ्नो निर्वाचन क्षेत्र समेत रहेको दाङ जिल्लामा आएकी छिन् ।

उहाँ तीन दिन दाङमा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुने छिन् । मन्त्री शर्मा वैशाख १४ गते ९बिहीवार० विहान साढे सात बजे घोराहीको नेपाल पत्रकार महासंघमा प्रेस सेन्टर नेपालले गर्ने पत्रकार भेटघाटमा सहभागी हुनेछिन् । त्यसपछि मन्त्री शर्माले साढे १० बजे बंगलाचुली गाउँपालिकामा आयोजित बंगलाचुली कप खेलकूद उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि साढे १२ बजे नारायणपुर ब्यापार महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्री शर्माको सचिवालयले जनाएको छ ।

त्यस्तै वैशाख १५ गते (शुक्रवार) विहान मन्त्री शर्मा तुलसीपुर र रगैचामा हुने कार्यक्रममा सहभागी हुनुहुने छ भने दिउँसो महिला संगठन र महिला सञ्जालले घोराहीमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । वैशाख १६ गते ९शनिवार० मन्त्री सुरक्षित आवाससम्बन्धी बैठक र लमहीमा हुने कार्यक्रममा भाग लिएर राजधानी फर्कनुहुने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे