LISTEN LIVE RADIO

अग्नीपिडित ओली परिवारलाई राप्ती फिड इण्डष्ट्रिज प्रालिद्धारा १५ हजार सहयोग



भालुवाङ १२ वैशाख । दाङको लमही नगरपालिका ८ सतवरियामा रहेको राप्ती फिड इण्डष्ट्रिज प्रालिले अग्नीपीडित एक घरपरिवारलाई नगद १५ हजार रुपैयाँ सहयोग गरेको छ ।गत वैशाख ९ गते शनिबार दिउँसो भएको आगलागीबाट विस्थापित भएका राप्ती गाउँपालिका वडा नम्बर ४ बुढीचौरका प्रेमबहादुर ओलीको घरपरिवारलाई राप्ती फिड इण्डष्ट्रिज प्रालिका सञ्चालकहरु जगतप्रसाद पोख्रेल र डिल्लीराज खनालले १५ हजारको चेक पिडित ओलीलाई प्रदान गरेका छन् ।

सञ्चालकद्धय पोख्रेल र खनाल पीडितको घरैमा पुगेर राहत प्रदान गरेका हुन् । त्यस्तै प्रेस चौतारी नेपाल दाङकी महिला विभाग उपाध्यक्ष लक्ष्मी पोख्रेलले पनि आगलागी पिडित परिवारलाई सहयोग गरेकी छिन् । उनले ३ जना बच्चाहरुलाई १÷१ सेट कपडा सहयोग गरेकी छिन् । विद्युत सर्ट भई लागेको आगोले ओलीको अन्दाजी ५ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे