LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभाकाे दाेस्राे अधिवेशनबाट ७ विधेयक पारित



भालुवाङ १५ माघ । दाङको राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभाकाे दाेस्राे अधिवेशनकाे छलफल आइतबार गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टकाे अध्यक्षतामा सम्पन्न भएको छलफल कार्यक्रमले विभिन्न ७ ओटा विधेयकहरु माथि दफाबार छलफल गरेकाे छ। छलफल पछि ध्वनि मतका आधारबाट पेश गरिएको विधेयकहरु पारित गरिएकाे हाे । छलफलमा पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले पेश गरेकाे गाउँपालिकाको पुरक विनियोजन विधेयक २०७९, सभा सदस्य विर बहादुर चौधरीले पेश गरेकाे गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम संशोधन, रकमान्तर र स्रोतान्तर प्रस्ताव २०७९ विधेयक शंसाेधन सहित सर्वसम्मतले पारित भएको छ।

त्यस्तै विष्णुप्रसाद पोख्रेलले पेश गरेकाे गाउँसभाको सार्वजनिक लेखा समिति गठन तथा सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा २०७९, रञ्जना सुनामले गरेकाे भएको गाउँसभाको विधायन समिति गठन तथा सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा २०७९, मन बहादुर पुनले पेश गरेकाे गाउँसभाको दिगो विकास तथा सुशासन समितिको गठन तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७९, देवप्रसाद चौधरीले पेश गरेकाे गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक २०७९ र गीता चौधरीले गरेकाे भएको गाउँपालिकाको केहि स्थानीय ऐन संशोधन विधेयक २०७९ पनि सर्वसम्मत पारित भएको छ ।

सभाले राेशन चाैधरी संयाेजक रहेकाे पाँच सदस्य सार्वजनिक लेखा समिति गठन गरेकाे छ। जसको सदस्यहरुमा अलिमाेहमद मियाँ, सावित्री परियार, मनबहादुर पुन मगर र चम्फा पुन मगर रहेका छन् । त्यस्तै भेलाले विष्णु पाेख्रेल संयाेजक रहेको पाँच सदस्य विधायन समिति समेत गठन गरेकाे छ । जसको सदस्यहरुमा ददिबहादुर बराल मगर, तुलसी विक, भुपलाल थापा मगर र रन्जना सुनाम रहेका छन् भने बलिराम चाैधरी संयाेजक रहेकाे पाँच सदस्य दिगाे विकास तथा सुशासन समिति पनि गठन गरेकाे छ। जसकाे सदस्यहरुमा पिमा गाहा मगर, सान्त बहादुर चाैधरी, बालिका सुनार र ज्ञान बहादुर चाैधरी रहेका छन् । हरेक आर्थिक वर्षको बजेट अधिवेशनबाट पारित भएका योजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा ऐन नियमहरु निर्माण गर्नको लागि हिउदे अधिवेशनलाई महत्वका साथ लिने गरिन्छ । पुस २९ गते प्रारम्भ भएको अधिवेशन पुन फेरि भाेली माघ १६ गते बस्ने गरि आजका लागि स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे