LISTEN LIVE RADIO

लोकप्रिय गायक प्रताप दासको प्रस्तुतीमा लमही महोत्सवका दर्शकहरुको हुटिङ



लमही १५ माघ । लोकप्रिय गायक प्रताप दासले लमही महोत्सवका दर्शकहरुलाई छमछमी नचाएका छन् ।

“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको आइतबार चौथो दिनमा गायक दासले ‘ए मेरो हजुर‘’ बोलको सेन्टिमेन्टल गीतबाट दर्शकलाई झुमाउँदै आफ्नो प्रस्तुतिको रफतार वढाएका थिए ।उनले कसैको जित वनोस् मायाको गीत, फोटो फ्रेममा कहिले मिलन कहिले विछोड माया प्रिममा, अनुराग फिल्मको सोरमा सोर, अलिकति जोस, पल पल, हेर्दा राम्रो, मोटरसाइकलमा, गुराँस फुल्यो, तालको पानी लगायत आधा दर्जन गीत गाउदा दर्शकहरुले छमछमी नाच्नुका साथै हुटिङ समेत गरेका थिए । त्यस्तै आर्का थारु गायिका बसन्ती चौधरी र थारु गायक दोषहरण चौधरीले लागि ते लागि, जोर से बजैबु मदरा लगायतका गित गाउँदा दर्शकहरूले भरपुर्ण मनोरञ्जन लिएका थिए । त्यसै गरि महोत्सवलाई सफल उद्घोषिका तथा गायिका उमादेवी खनालले पनि विभिन्न गीत, साइरी मार्फत कार्यक्रमलाई थप रोचक बनाएकी थिइन् ।कार्यक्रमलाई थप रमाईलो वनाउनका लागि डान्सर सिर्जना गुरुङ र अनुष्का चौधरीका साथमा स्थानीय कलाकारहरुले दर्शकहरुको ध्यान खिचेका थिए । हिजोको तुलनामा दर्शकको उपस्थिति कम भएपनि सहभागी दर्शकहरूले नाचेर साथ दिएका थिए । यसै बीच महोत्सवमा सोमवार चिर्चित गायिका रचना रिमाल, गायिका तथा उद्घोषिका उमादेवी खनाल, डान्सरहरु सिर्जना गुरुङ, अनुष्का चौधरी, कलाकार दिपक बर्मा र अनुप बुढा, सगरमाथा डान्स ग्रुप नेपालगञ्ज तथा जिके डान्स ग्रुपको पनि प्रस्तुती रहने मेला व्यवस्थापक विनोद बुढाथोकीले जानकारी दिएका छन् ।

महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ । महोत्सवमा भोली सोमबार चर्चित गायिका रचना रिमाल लगायतका राष्ट्रियस्तरका चर्चित कलाकारको प्रस्तुति रहने छ भने कुशल कार्यक्रम संचालिका उमादेवी खनालले भोली पनि कार्यक्रम संचालन गर्ने छिन् ।

त्यस्तै महोत्सवमा प्रकाश सपुत, बद्रि पंगेनी, प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, मेलिन राई, प्रिति आले, रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने साँस्कृतिक संयोजक पोख्रेलले जानकारी दिएका छन् । महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे