LISTEN LIVE RADIO

देउखुरीको लालमटियामा प्रथम खुल्ला अभिनेष भुसाल स्मृती फुटबल प्रतियोगिता सुरू



लालमटिया १५ माघ । दाङ देउखुरीको लालमटियामा प्रथम खुल्ला अभिनेष भुसाल स्मृती फुटबल प्रतियोगिता आइतबार देखि सुरू भएको छ ।

युनाईटेड लालमटिया फुटवल क्लवको आयोजनमा राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको टुडिखेल खेलमैदानमा खेल सुरू भएको हो । खेलको उदघाटन स्वः अभिनेष भुषाल कि आमा मिना भुसालले दिप प्रज्वलन गरि सुभारम्भ गरेकी हुन् । प्रतियोगितामा १६ वटा टिमले भाग लिएको छ ।

राप्ती गाउँपालिका २ मा रहेको एकतानगर र राप्ती गाउँपालिका ४ नयाँगाउँ बीच आइतबार भएको उद्घाटन खेलमा ० का विरूद्व एकतानगरलाई हराउँदै ५ गोल गरेर नयाँगाउँ जितेको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई रु ५० हजार र द्धितिय हुनेलाई रु २५ हजार नगद सहित मेडल र प्रमाणपत्र सहित पुरस्कारको व्यबस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे