LISTEN LIVE RADIO

सिसहनियाँ उद्योग वाणिज्य संघको आठौं वार्षिक साधारणसभा सम्पन्न



सिसहनियाँ उद्योग वाणिज्य संघको आठौं वार्षिक साधारणसभा सम्पन्न

सिसहनियाँ १७ मंसिर । सिसहनियाँ उद्योग वाणिज्य संघको आठौं वार्षिक साधारणसभा शनिवार सिसहनियाँमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले व्यापारीहरुका हकहितका लागि व्यवसायीक एकता आवश्यक रहेको बताएका छन् ।
व्यापारीहरूको हकहित, सामाजिक कार्य र विपतको कार्यमा पनि उल्लेखनीय उद्योग वाणिज्य संघको भुमिका महत्वपुर्ण भएकाले पनि व्यवसायीक एकता हुन आवश्यक रहेको बताएका छन् ।

त्यस्तै उनले स्थानीय सरकार सामाजिक उत्तरदायित्वको हरेक क्रियाकलापमा हातेमालो गर्न तयार रहेको र लुम्बिनी प्रदेशको राजधानी व्यवस्थापनमा समेत उद्योग वाणिज्य संघको प्रमुख भुमिका रहने भएकाले स्थानीय सरकार उद्योग वाणिज्य संघहरू सँग सहकार्य गरेर अगाडी बढ्ने बताएका छन् । कार्यक्रममा वार्षिक प्रतिवेदन संघका सचिव मदन पोख्रेल र आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष भिमबहादुर चौधरीले प्रस्तुत गरेका थिए ।

संघका उद्योग उपाध्यक्ष युवराज सेन ठकुरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेन्द्र कुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख जीवन केसी, देउखुरी उद्योग वाणिज्य संघ लमहीका उपाध्यक्ष केशव पोख्रेल, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, सिसहनियाँ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारी, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव प्रकाश आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे