LISTEN LIVE RADIO

अपाङ्गताहरुले पाउने सेवा सुविधामा स्थानीय सरकारले कुनै कन्जुसाई गर्ने छैन : उपाध्यक्ष चाैधरी



अपाङ्गताहरुले पाउने सेवा सुविधामा स्थानीय सरकारले कुनै कन्जुसाई गर्ने छैन : उपाध्यक्ष चाैधरी

लालमटिया १७ मंसिर । राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले स्थानीय सरकारले पाएको अधिकार भित्र रहेर दिने सेवा सुविधामा कुनैपनि कन्जुसाई नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन्। ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस अवसरमा शनिबार  सिपि नेपाल सँगको सहकार्यमा देउखुरीकाे राप्ती गाउँपालिकाले  आयोजना गरेकाे अपाङ्गता भएका विद्यार्थीहरुलाई न्यानो कडा बितरण  कार्यक्रममा बाेल्दै उपाध्यक्ष चाैधरीले बाेल्दै साे कुरा बताइएकी हुन् ।

कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी उपाध्यक्ष चाैधरीले अपाङ्गता भएका व्यक्तिहरुले पाउने सेवा सुविधामा स्थानीय सरकारले पुरा सहयाेग गर्ने र सेवा सुविधा दिने बिषयमा कुनै कन्जुसाई गर्ने छैनाैँ याे मेराे प्रतिबद्धता हाे उनले भनिन् । साथै उनले परिचय—पत्रको बिषयमा जिल्लामा बनाएको परिचयपत्र परिवर्तन गर्नुपर्ने कुरामा धेरैले ध्यान नदिएकोले पछि सुबिधाबाट बंचित हुनुपर्ने अबस्था आउन सक्ने भएकोले त्यसलाई छिटो भन्दा छिटो परिबर्तन गर्न अनुरोध गरिन्। उनले आफू सक्नेले काममा अल्छी नगरी काम गर्न अनुराेध गरिन् ।  सरकारले मासिक ४ हजार भत्ता दिन्छ भनेर अरु काम गर्नुपर्दैन भनेर चुप लागेर नबस्न समेत सुझाब दिइन् ।

समावेशी बिकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिजनशिलताको प्रावधान भन्ने मूल नाराका साथ आयोजना गरिएकाे अपाङ्ग दिवस कार्यक्रममा राप्ती गाउँपालिका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ४० जनालाई अपाङ्गता बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको थियाे ।

राप्ती गाउँपालिका स्तरीय अपाङ्ग संघका संयोजक हरिबहादुर क्षेत्रीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा ४० जना बिद्यार्थीहरुलाई राप्ती गाउँपालिकाकी उपाध्यक्ष चौधरी उक्त न्यानो कपडा प्रदान गरेकी थिइन् ।

राप्ती गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिबनकुमारी जिसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा वडा नम्वर ८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, सिपी नेपालकी प्रमुख दिपा चौधरी, अपाङ्गता समन्वय समितिका संयोजक तथा पत्रकार महेशचन्द्र रिजाल, राप्ती स्तरिय अपाङ्ग ओकालत समितीका अध्यक्ष सन्तराम चौधरी, दुखराम सार्की र लक्ष्मीप्रसाद चौधरी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संञ्चालन महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी उपप्रमुख कल्पना प्रोखेलले गरेकी थिइन् ।

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस प्रत्येक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिहरुको पूणर् र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकाशमा उनीहरुको समावेशिताका लागि कार्य गर्न मनाइन्छ । यस पटकको विश्व अपाङ्गता दिवसमा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गतासम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्द्धन गर्ने र समर्थन जुटाउने लक्ष्य राखिएको छ । सन् १९९२ देखि हरेक वर्षको ३ डिसेम्बर दिन नेपाल संसारभरि विश्व अपाङ्गता दिवस मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे