LISTEN LIVE RADIO

गढवा ४ मा निशुल्क आँखा शिविर : ९२ जनामा मोतीबिन्दुकाे समस्या



गढवा ४ मा निशुल्क आँखा शिविर : ९२ जनामा मोतीबिन्दुकाे समस्या

गढवा १७ मंसिर ।  गढवा गाउँपालिकाको आर्थिक सहयोग र नेत्र ज्योती संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा उज्यालो अभियान साझेदारी कार्यक्रम अन्तर्गत शनिवार गढवा गाउँपालिका वडा नम्वर – ४ मा निशुल्क आँखा शिविर सञ्चालन भएको छ।

शिविरमा ४ सय १० जना बिरामीहरुको ओपिडी चेकजाँच गरिएको छ । निशुल्क शिविरमा १ सय २० जना बिरामीहरुलाई निशुल्क चस्मा वितरण गरिएको छ भने ९२ जना मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क शल्यक्रिया हुने भएको छ ।

यही मङ्सिर २० गते मंगलबारको दिन बिहान ८:३० बजे वडा कार्यालयमा गाडि आउने र सल्यक्रियाका लागि लैजाने वडाध्यक्ष हरिभगत चौधरीले जानकारी दिएका छन् । त्यसैगरी मङ्सिर २८ गते मंगलबारको दिन वडा नम्बर – ३ को रात्री प्रावि गोबरडियामा शिविर सञ्चालन हुने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे