LISTEN LIVE RADIO

दाङमा बालिका बलात्कार आरोपमा एक जना पक्राउ



दाङमा बालिका बलात्कार आरोपमा एक जना पक्राउ

तुलसीपुर २१ भदौ । दाङको तुलसपुरीमा ६ बर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ निबासी ४४ बर्षका एक पुरुष भएको प्रहरी स्रोतले बताएको छ ।

उनले ६ बर्षकी बालिकालाई घरमै बोलाएर बलात्कार गरेको आरोप लागेको छ । हाडानाता करणी भएकाले नाम गोप्य राखिएको छ । घटना भदौ १३ गते दिउँसो ३ बजे भएपनि हाडानाता करणी सम्बन्धी उजुरी प्रहरीमा परेपछि प्रहरीले हिजो पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे