LISTEN LIVE RADIO

तुलसीपुरमा झट्केलो छोराले बञ्चरो प्रहार गर्दा बाबु गम्भीर घाइते



तुलसीपुरमा झट्केलो छोराले बञ्चरो प्रहार गर्दा बाबु गम्भीर घाइते

तुलसीपुर २१ भदौ । तुलसीपुरमा झट्केलो छोराको बञ्चरो प्रहारबाट बाबु गम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा निबासी ४८ बर्षका तिलक वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिएका छन् ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ । बञ्चरो प्रहार गर्ने झट्केलो छोरा बर्ष २१ को पोषण वली फरार रहेको र खोजी कार्य तिब्र बनाएको प्रहरी निरीक्षक शर्माले जानकारी दिएका छन् । उल्टामुखीबाट प्रहार गरिएको बञ्चोरोले बाबुको साप्राबाट भाँचिएको छ । साँझ आठ बजे बावुमाथि बञ्चरो प्रहार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे