LISTEN LIVE RADIO

दाङमा कांग्रेसको वडा अधिवेशन, ५० वडामा सर्वसम्मत बाँकी वडामा आज निर्वाचन हुँदै



दाङमा कांग्रेसको वडा अधिवेशन, ५० वडामा सर्वसम्मत बाँकी वडामा आज निर्वाचन हुँदै

दाङ २१ भदौ । नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत तल्लो तहको वडा अधिवेशन आज हुदैछ । निर्वाचन कार्यतालिका अनुसार हिजो (आईतवार) मतदाता नामावली प्रकाशन,मनोनयन दर्ता, उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।

सहमती नभएका वडाहरुमा आज विहान ९ बजेदेखी दिउँसो चार बजेसम्म मतदान हुने नेपाली काग्रेस महाधिबेशन निर्वाचन समिति दाङका निर्वाचन अधिकृत प्रह्लाद कार्कीले जानकारी दिनुभयो । उहाका अनुसार अहिले सम्म झन्डै ५० वटा वडामा सर्वसम्मत नेतृत्व चयन भईसकेको छ ।
दाङका एक सय वडा मध्ये आईतवार बेलुका सम्मको विवरण अनुसार दाङका ४७ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

जसमा घोराही उपमहानगरपालिका वडा नम्वर १,२,६,७,८,१३,१४,१६,१९ मा सर्वसम्मत नेतृत्व चयन भएको छ । यस्तैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १,४,१०,१२,१७,१८ तथा लमही नगरपालिका वडा नम्वर २,४,५,६,७ मा पनि सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै गरी गढवा गाउँपालिका वडा नम्वर १,२,३,५,६, राजपुर गाउँपालिका वडा नम्वर १,२,४,५,६,७, राप्ती गाउँपालिका वडा नम्वर वडा ९ वटै वडा, बङगलाचुली गाउँपालिका वडा नम्वर १,२, शान्तीनगर गाउँपालिका वडा नम्वर १,५,६, दंगीशरण गाउँपालिका वडा नम्वर १,४,६,७ र बबई गाउँपालिका वडा नम्वर १,२,३,७ मा सहमती भईसकेको छ । सहमती भईसकेको वडामा अब घोषणा गर्न मात्रै बाँकी रहेको समितिले जनाएको छ ।

सहमती नभएका वडामा मतदान हुने छ । वडा अधिबेशन २६ गते सम्म सम्पन्न गर्ने र भदौ २७ मा पालीका स्तरीय अधिबेशन हुनेछ भने केन्द्रीय महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्म हुने तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे