LISTEN LIVE RADIO

मनकारी वडा अध्यक्ष , जसले आफ्नो जन्म दिनमा गरे निलसागरलाई खाद्यन्न सहयोग



मनकारी वडा अध्यक्ष , जसले आफ्नो जन्म दिनमा गरे निलसागरलाई खाद्यन्न सहयोग

ओमप्रकाश गुप्ता, भालुवाङ २८ असोज । मन हुनेले जन्म दिन, वैवाहिक वर्षगाँठ वा कुनै अवसरमा केहि न केहि दान वा पुण्यका काम गरेका हुन्छन् । मन नहुनेले केहि पनि गर्दैनन् । तर दाङ देउखुरीका एक मनकारी वडा अध्यक्षले आफ्नो जन्म दिनमा पुण्यको काम गरेका छन् । जसले हरेक जन्म दिनमा सहयोग गरिरहेका छन् । उनै मनकारी वडा अध्यक्ष हुन् राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोकर्णबहादुर राना ।

राप्ती गाउँपालिका ८ बिजौरी निवासी वडा अध्यक्ष रानाले आफ्नो २२ औँ जन्म दिनको अवसरमा पिपरीमा रहेको निलसागर सेवा आश्रममा गई उनले १ बोरा दाल, २ बोरा चामल, दुई दर्जन साबुन, ५ पोका नुन, ५ लिटर तेल, १ कार्टुन बिस्कुट लगायतका खाद्यान्न प्रदान गरेका छन् । २०७३ सालको स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट अत्याधिक बहुमतले ८ नम्बर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे