LISTEN LIVE RADIO

देउखुरीको लमही, भालुवाङ र गढवामा यात्रु सहायता कक्ष स्थापना



देउखुरीको लमही, भालुवाङ र गढवामा यात्रु सहायता कक्ष स्थापना

शिवराज खनाल, दाङ २८ असोज । चार्डपर्व नजिकिदै जाँदा सवारी साधनमा यात्रुहरुको सुविधाका लागि देउखुरीको लमही, भालुवाङ र गढवामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । लमही नगरपालिका वडा नम्बर ५ को बसपार्कमा, राप्ती गाउँपालिका १ भालुवाङ बजारको प्युठान चोक र पुर्व पश्चिम राजमार्गको अस्थायी ट्राफिक प्रहरी पोष्ट अगाडी र गढवा गाउँपालिकाको गढवा बजारको इलाका प्रहरी कार्यालय अगाडी मंगलवार देखि सहायता कक्ष स्थापना गरिएको हो । चार्डपर्वको आवागमन सँगै सवारी साधनमा यात्रुको चाप बढ्ने र यात्रुहरु ठगिने भएकाले सम्भावित दुर्घटनाबाट जोगाउनका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख राजन पौडेलले बताएका छन् ।

उक्त नागरिक सहायता कक्षमा प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यासायीका प्रतिनिधिहरु रहने भएका छन् । क्षमता भन्दा बढि यात्रुहरु सवारी साधनमा चढाए, यात्रुहरुबाट बढि भाडा लिएमा, यात्रुका कुनै सामानहरु हराएमा वा अन्य कुनै अन्यायमा परेमा तत्काल यात्रु सहायता कक्षमा आएर उजुरी दिन सक्ने भएका छन् । उक्त नागरिक सहायता केन्द्र छठ पर्व सम्म जारी रहने भएको छ ।

पुर्ब पश्चिम् हाइवेमा गुडने लामो तथा छोटो दुरिका सवारीका साधनहरुमा व्यावसायीहरुले गर्ने अनियमितता बिरुद्ध तत्काल कारवाही गर्नका लागि उक्त सहायता कक्षको ठुलो भूमिका रहने ट्राफिक प्रहरी लमहीका प्रमुख सुदीप हमालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे