LISTEN LIVE RADIO

पायल्स, फिसर तथा फिस्टुलाबारे जानकारी



पायल्स, फिसर तथा फिस्टुलाबारे जानकारी

पायल्स (अर्श, बावाशिर, अल्काई) रोगको सामान्य जानकारी
दिसा गर्दा रगत आउने र मलद्वारको नसा फुलेर आउने (मासु पलाउने) रोगलाई पायल्स भनिन्छ ।

सामान्यतया पायल्स २ प्रकारका हुन्छन्  ।
अ) बाहिरी पायल्स
आ) भित्री पायल्स

यो रोग ४ ओटा अवस्थाका हुन्छन् ।
क. प्रथम अवस्था
यस अवस्थामा दिसा गर्दा मासुका डल्ला बाहिर आउँदैन तर रगत बग्ने र दुखाई भने हुने गर्दछ ।
ख. द्वितीय अवस्था
यस अवस्थामा दिसा गर्दा मासुका डल्ला बाहिर आउँछ र दिसा गरिसकेपछि आफैं भित्र जान्छ ।
ग. तृतीय अवस्था
यस अवस्थामा दिसा गर्दा मासुका डल्ला बाहिर आउँछ र आफैं भित्र नगई औंलाले धकेलेर भित्र पठाउनुपर्ने हुन्छ । साथै दुख्ने पोल्ने र चिलाउने समस्या पनि देखिन्छ ।
घ. चौथो अवस्था
यस चरणमा मासुका डल्ला बाहिर बसिरहन्छ साथै अत्यधिक दुखाई र रगत बग्ने हुन्छ ।

पायल्सका लक्ष्णहरु

१. दिसा गर्दा दुख्नु ।
२. दिसा अघि, पछि वा दिसा सँगै रगत जानु ।
३. मलद्वारमा मासु भेटिनु ।
४. कब्जियत हुनु ।
५. मलद्वार चिलाउने, पोल्ने आदि ।
५. पायल्सका कारणहरु
१. चिल्लो, पिरो, अमिलो तथा मसालेदार खानेकुरा बढी खानाले ।
२. लगातार कब्जियतको समस्या भइरहनाले ।
३. दिसा गर्न मनलाग्दा लामो समयसम्म दिसालाई रोक्नाले ।
४. दिसा गर्दा बढी बल प्रयोग गर्नाले ।
५. माछा, मासु, रक्सी, चुरोट बढी खानाले ।
६. प्रशस्त मात्रामा मैदाका खानेकुराहरु जस्तैं मःम, चाउमिन, चाउचाउ, बिस्कुट, समोसा आदि खानाले ।
७. निद्रा नपुग्नु तथा मानसिक तनावले ।
८. गर्भवती महिलाहरुलाई यो समस्या हुने सम्भावना बढी रहन्छ ।
पहिलो र दोस्रो अवस्था को पायल्स रोगलाई अयुर्वेदिक औषधीद्वारा निर्मुल पार्न सकिन्छ भने तेस्रो र चौथो अवस्थाको लाई क्षारसुत्र उपचारद्वारा पुन नदोहोरिने गरी उपचार गर्न सकिन्छ ।

फिस्टुला (भगन्दर) रोगको सामान्य जानकारी
मलद्वारको बाहिर मसिनो प्वालबाट बेलाबेलामा पिप देखा पर्ने र एउटा प्वाल मलद्वार बाहिर र अर्को प्वाल मलद्वार भित्र खुलेको हुन्छ, जसलाई फिस्टुला (भगन्दर) भनिन्छ ।

फिस्टुलाका लक्षणहरु
१. समय–समय मलद्वारबाट पिप आउनु ।
२. मलद्वार चिलाउनु ।
३. समय–समयमा टन्किएर÷सुनिएर दुख्नु ।
४. पिप निस्केपछि सन्चो भएको अनुभव हुनु ।
५. पछिपछि पुरानो भएपछि दिसा गर्ने ठाउँ वरिपरि अति दुख्नु, सुन्निनु ।
६. बेलाबलामा पिप आउने, बग्ने र सन्चो हुने प्रक्रिया भइरहन्छ ।

 फिस्टुला रोग हुनुका कारणहरु
१. दिसा गर्न मन लाग्दा लामो समय सम्म दिसालाई रोक्नु, दिसा गर्दा बढि बल प्रयोग गर्नु, लामो समय सम्म दिसा बस्नु ।
२. लामो समयसम्म पखाला लागीरहनु ।
३. लामो समय सम्म कब्जियत भईराख्नु ।
४. दिशा गर्ने ठाउँको वरपरको रौं तानिएर दिसा गर्ने ठाउँको भित्र भएको ग्रन्थीहरुमा संक्रमण भएको कारणले गर्दा यो रोग लाग्न सक्छ ।
५. चिल्लो, पिरो, अमिलो, मसालेदार खाना, माछामासु, बासी सडेगलेका खानेकुराहरु, मैदाबाट बनेको खानेकुराहरु, रक्सी, चुरोट बढी खानाले । यो रोगलाई अयुर्वेदिक औषधी र क्षारसुत्र उपचार बिधीद्वारा निको बनाउन सकिन्छ ।

फिसर रोगको सामान्य जानकारी
मलद्वार बाहिर वा भित्र घाउ देखा पर्ने अवस्थालाई फिसर भनिन्छ । यो अत्यन्तै कठोरदायी अवस्था हो । यस अवस्थामा दिशा बस्दा र दिशा बसी सकेपछि अत्यन्तै पिडा हुन्छ ।

फिसरका लक्ष्यणहरु
१. दिसा बस्दा दुख्ने ।
२. दिसा अघि वा पछि रगत आउने ।
३. दिसा बसी सकेपछि पोल्ने ।
४. कहिले काही मलद्वारमा पिप देखापर्ने ।
५. दिसा अत्यन्तै कडा र दैनिक नहुने, कब्जियत हुने ।

 फिसर रोग हुनुका कारणहरु
१. लामो समयसम्म दिसा रोकेर राख्ने र एकै पटक साह्रो दिसा गर्नाले ।
२. विभिन्न औषधीको साइड इफेक्ट हुनु, खानामा फलफुल तरकारी र सलादको कमी हुनु ।
३. माछा मासु, रक्सी चुरोट, चिलो पिरो, अमिलो, मैदाको खानेकुरा बढी खानाले ।
४. निद्रा नलाग्नु, तनाव र व्यायामको कमी ।
५. लामो समयसम्म अपच, कब्जियत हुनाले ।

नोट :– यी तीन वटै रोग (समस्या) को उपचार दक्ष र मान्यता प्राप्त चिकित्सकबाट क्षारकर्म एवं क्षारसूत्र बिधिद्वारा बिना चिरफार उचित शल्यक्रिया गरेर छुट्कारा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे