LISTEN LIVE RADIO

देउखुरीको सिसहनियाँ उवासंघ सिसहनियाँको छैठौं बार्षिक साधारणसभा सिसहनियाँमा सम्पन्न



देउखुरीको सिसहनियाँ उवासंघ सिसहनियाँको छैठौं बार्षिक साधारणसभा सिसहनियाँमा सम्पन्न

बिरेन्द्र गिरी, सिसहनियाँ ४ पुस ।

देउखुरीको सिसहनियाँ उद्योग बाणिज्य संघ सिसहनियाँको छैठौं बार्षिक साधारणसभा शनिबार सिसहनियाँमा सम्पन्न भएको छ । संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन प्रतिनिधिसभा सदस्य सांसद गंगा चौधरीले गरेकी थिइन् ।

सभाको उद्घाटन गर्दै सांसद चौधरीले अब सिसहनियाँ लुम्बिनी प्रदेशको स्थायी राजधानी भईसकेकोले यसको विकासका लागि सबै जना फराकिलो सोच बनाउन आवश्यक रहेको बताईन् । उनले भनिन्, जब सम्म हामीमा फराकिलो सोचको विकास हुँदैन तब कुनै ठाउँको विकास सम्भव नरहेको बताइन् । कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी सांसद चौधरीले अब राप्ती गाउँपालिकालाई लुम्बिनी प्रदेशको भर्जिनल्याण्ड राजधानीको रूपमा विकासमा अगाडि बढी सकेकोले यति बेला सबैको साथ र सहयोग आवश्यता रहेको बताइन् ।

उद्योग उपाध्यक्ष युवराज सिंहको स्वागत मन्तव्यबाट शुरू भएको साधारणसभामा संघ महासचिव इश्वरीप्रसाद अधिकारीले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष भिमबहादुर चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाको उद्धघाटन समारोहमा सिसहनियाँ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष पूर्णबहादुर बिसी, राप्ती गाउँपालिका चेम्बर अफ कर्मशका अध्यक्ष कुमार अधिकारी, प्रहरी चौकी सिसहनियाँका प्रहरी प्रहरी प्रमुख बत्तीकुमार पोख्रेल, देउखुरी कुखुरा पालक कृषक समूहका अध्यक्ष अर्जुन अधिकारी, बिहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवप्रसाद चौधरी, सर्वाेदय माध्यमिक विद्यालयका प्रचार्य गोबिन्दबहादुर केसी, नेपाल रेडक्रस सोसाइटी लालमटिया उप(शाखा सदस्य गोबिन्द कँवर, समाजसेवी तथा बुद्धिजीवी तुलसीराम गौतम, श्याम पाण्डे, भिमा आचार्य, पत्रकारद्धय सन्तोषकुमार गुप्ता र बिरेन्द्र गिरी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव इश्वरीप्रसाद अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे