LISTEN LIVE RADIO

नेपाल मगर संघ राप्ती गाउँपालिकाको प्रथम अधिवेशन देउखुरीको मसुरियामा सम्पन्न



नेपाल मगर संघ राप्ती गाउँपालिकाको प्रथम अधिवेशन देउखुरीको मसुरियामा सम्पन्न

जमिर शाह, मसुरिया ४ पुस ।

नेपाल मगर संघ राप्ती गाउँपालिकाको प्रथम अधिवेशन देउखुरीको मसुरियामा सम्पन्न भएको छ । संघका अध्यक्ष पदमबहादुर पुनको अध्यक्षता एवम् नेपाल मगर संघका लुम्बिनी प्रदेशका सदस्य भिमप्रकाश पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

संघकी राप्ती गाउँ कमिटी कोषाध्यक्ष लक्ष्मी पुनमगरको स्वागत मन्तव्यबाट शुरुको अधिबेशन उद्धघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले मगर समुदायको कला संस्कृति संरक्षण गर्ने जिम्मा अब पछिल्लो पुस्ताको भएको बताएका थिए । उनीहरुले मगर समुदायका उत्थानका लागि राज्यले पनि बिशेष महत्व दिन आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल मगर संघका लुम्बिनी प्रदेशका सदस्य इराधा झाँक्र्रीमगर, नेपाल मगर संघका जिल्ला अध्यक्ष कर्ण बुढा, राप्ती गाउँपालिका ८ नम्बर वडाध्यक्ष गोकर्णबहादुर राना, ९ नम्बर वडाध्यक्ष रिमबहादुर सुनारीमगर, मगर संघका राप्ती गाउँपालिकाका पूर्व अध्यक्ष हरि घर्ती, मगर संघका ८ नम्बर वडाध्यक्ष रेमबहादुर रोकामगर लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उद्धघाटन कार्यक्रमको सञ्चालन नेपाल मगर संघ राप्ती गाउँपालिकाका सह—सचिव धनिराम घर्तीमगरले गरेका थिए । अहिले संघको प्रथम अधिबेशनको बन्दसत्र चलिरहेको छ । बन्दसत्रले नयाँ कार्यसमिती चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे