LISTEN LIVE RADIO

प्रचण्डलाई भेट्न ओली खुमलटार जाँदै



प्रचण्डलाई भेट्न ओली खुमलटार जाँदै

काठमाडौं ४ पुस । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न आज खुमलटार जाँदैछन् । प्रधानमन्त्री ओली स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित प्रचण्डलाई भेट्न खुमलटार जान लागेका हुन् । उनी खुमलटार जाने भएपछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पार्टीभित्र आन्तरिक संघर्ष चर्किएको बेला ओली प्रचण्डलाई भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ । कतिपयले यसलाई ओली लचक बनेको रुपमा अर्थ्याएका छन् । प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई पद त्याग्न दबाब दिँदै आएका छन् । तर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडान ओलीले लिएका छन् । यद्यपि पार्टीभित्र अल्पमतमा परेका उनीमाथि प्रचण्ड–नेपाल पक्षको दबाब तीव्र छ । पछिल्लोपटक ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि प्रचण्ड–नेपाल पक्ष झन् रुष्ट भएको छ । अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनी प्रचण्डले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे