LISTEN LIVE RADIO

कोरोना विरुद्धकाे खोप लगाएका घोराही ३ का वडा अध्यक्षलाई कोरोना पुष्टि



कोरोना विरुद्धकाे खोप लगाएका घोराही ३ का वडा अध्यक्षलाई कोरोना पुष्टि
घोराही १० चैत । कोरोना विरुद्धकाे खोप लगाएका घोराही ३ का वडा अध्यक्षलाई नै कोरोना पुष्टि भएकाे छ । वडा अध्यक्षलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि घोराही उपमहानगरपालिका ३ को कार्यालय पनि बन्द गरिएको छ । गएको आईतबार वडा अध्यक्ष माधबप्रसाद चौधरी र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएपछि १३ गते सम्मका लागि वडा कार्यालय बन्द गरिएको हो ।
वडा अध्यक्षलाई अहिले भैरहवा स्थित कोरोना बिषेश अस्पतालको आइसियूमा भर्ना गरिएको छ भने श्रीमती घरकै आइसोलेशनमा रहेको शहरी स्वास्थ्य केन्द्र झिङनीका इन्चार्ज गोपीलाल वलीले जानकारी दिए । ज्वरो आउने, घाँटी दुख्ने र पखाला लाग्ने समस्या आएपछि वडा अध्यक्षको दम्पत्तीले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर जाँच गराएका थिए । वडा अध्यक्ष चौधरीले गएको फागुन २६ गते कोरोना बिरुद्धको खोप समेत लगाएका थिए । तर खोप लगाएको २ हप्ता सम्म रोग सँग लड्न सक्ने क्षमता तयार नहुने भएकाले संक्रमणको जोखिम रहने जनस्वास्थ्य बिज्ञहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे