LISTEN LIVE RADIO

राप्ती उद्योग वाणिज्य संघ भालुवाङको निर्वाचनका लागि उम्मेदवारी दर्ता



राप्ती उद्योग वाणिज्य संघ भालुवाङको निर्वाचनका लागि उम्मेदवारी दर्ता

भालुवाङ १० चैत्र । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा आज उम्मेदवारी दर्ता भएको छ । चैत्र १४ गते हुने निर्वाचनका लागि निर्वाचन समितिले बनाएको चुनावी कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता गरेको छ । निर्वाचनमा २ ओटा प्यानल चुनावी मैदानमा होमिन लागेका छन् ।

जस अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, राजमोको समर्थनमा संयुक्त व्यवसायीक प्यानल बनाई उम्मेदवारी दर्ता भएको छ । सो प्यानलले अध्यक्षमा सुरज खडका, वरिष्ठ उपाध्यक्षमा बाबुराम थापा, उपाध्यक्षमा प्रेमबहादुर केसी, महासचिवमा नारायणप्रसाद शर्मा, सचिवमा भरतमणी न्यौपाने (शर्मा), कोषाध्यक्षमा श्रीधर खत्री र सदस्यहरुमा कृष्णराज पौडेल, विष्णुप्रसाद पाण्डे, घमानसिंह रावत, रोशन चौधरी र चम्फा भुसालको उम्मेदवारी दर्ता गराएको छ ।

त्यसैगरी  केही उद्योगी ब्यापारीहरू मिली स्वतन्त्र व्यवसायीक प्यानल बनाई उम्मेदवारी दर्ता गराएको छ । सो प्यानलले अध्यक्षमा टोपबहादुर कार्की, वरिष्ठ उपाध्यक्षमा पुष्पा पौडेल, उपाध्यक्षमा ओमप्रकाश बुढाथोकी, महासचिवमा बसन्तबहादुर आचार्य (क्षेत्री), कोषाध्यक्षमा युद्धबहादुर भुसाल र सदस्यहरुमा प्रेमबहादुर जिसी, गोमा विष्ट र भुमी गुरुङको उम्मेदवारी दर्ता गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे