बंगलाचुलीकाे मुलाबारीबाट घोराही आउँदै गरेकाे बस लक्ष्मीपुरमा पल्टीयो, १९ यात्रु घाईते



बंगलाचुलीकाे मुलाबारीबाट घोराही आउँदै गरेकाे बस लक्ष्मीपुरमा पल्टीयो, १९ यात्रु घाईते
घोराही १० चैत । दाङमा यात्रु बहाक बस दुर्घटना हुँदा १९ जना यात्रु घाईते भएका छन् । बंगलाचुली गाउँपालिका ३ मुलाबारीबाट घोराही आउदै गरेको रा १ ख २१५६ नम्बरको बस घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुर वडा कार्यालय नजिकै दुर्घटना हुदा १९ जना यात्रु घाईते भएका हुन् ।
घाईते मध्य घोराही उपमहानगरपालिका २ निबासी ४४ बर्षीय मिना सुनारको अबस्था गम्भीर रहेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । घाईते सबैको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । बस तिब्र गतिका कारण अनियन्त्रीत भई पल्टीएर खेतमा पुगेको छ । बस चालकलाई वडा प्रहरी कार्यालय घोराहीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे