LISTEN LIVE RADIO

मेचीमहाकाली रक्तदान सम्बन्धी उत्प्रेरणा अभियान दाङमा, विद्यार्थीलाई रक्तदानका विषयमा सुसूचित गराउँदै



मेचीमहाकाली रक्तदान सम्बन्धी उत्प्रेरणा अभियान दाङमा, विद्यार्थीलाई रक्तदानका विषयमा सुसूचित गराउँदै

भालुवाङ १७ माघ । ब्लड डोनर्स सोसाइटी नेपालले सुरू गरेको मेचीमहाकाली रक्तदान सम्बन्धी उत्प्रेरणा अभियान दाङको देउखुरी आइपुगेको छ।

बुधबार सो संस्थाले दाङको देउखुरी स्थित आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका २ लालमटियामा रक्तदानका विषयमा अभिमुखीकरण कार्यक्रम गरेको छ । आशाका किरण संस्थाको सहकार्य तथा समन्वयमा सो कार्यक्रम भएको हो । विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलको अध्यक्षतामा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई रगत दान किन गर्ने, यसको फाइदा लगायतका विषयमा सुसुचित गराइएको छ । कार्यक्रमको सहजीकरण ब्लड डाेनर्स सोसाइटी नेपालका संस्थापक अध्यक्ष अर्जुन अधिकारी, महासचिव अन्जन दवाडी, सल्लाहकार बालचन्द्र पोख्रेलले गरेका थिए । भने कार्यक्रमको सञ्चालन आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासेले गरेका थिए ।

ब्लड डोनर्स सोसाइटी नेपालले पहिलो चरणमा देशका २८ जिल्लाका ५० स्थानहरुमा रक्तदान तथा यस सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्ने लक्ष्य अनुसार हाल २७ जिल्लाका ४१ स्थानमा कार्यक्रम सम्पन्न गरिसकेको र अब कपिलवस्तु र नवलपुरमा कार्यक्रम हुने छ । गत पुस ७ गते झापाबाट यो अभियान सुरु गरेको संस्थाले तराई र पहाडका विभिन्न जिल्लामा कार्यक्रम सम्पन्न गरेको संस्थापक अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका छन् ।

सो अभियान अहिले पश्चिम नेपालको सुर्खेत र दाङको घोराही र राप्तीमा कार्यक्रम सम्पन्न गरि भोली कपिलवस्तुमा कार्यक्रम गर्ने छ भने माघ २१ गते चितवनमा पुगेर भव्य समारोहका बीच अभियानको समापन हुने छ । स्थानीय तह, सामाजिक अभियन्ता, नगरपालिका र विभिन्न संघसंस्था सँग समन्वय गरी अभिमुखीकरण कार्यक्रम र सम्भव भएको स्थानमा रक्तदान कार्यक्रम पनि गरिरहेको छ । अभियान अन्तर्गत विभिन्न कलेजका विद्यार्थीलाई सुसूचित गराउने कार्य भइरहेको अधिकारीले बताएका छन् ।

‘रगतको अभाव भइरहेको अहिलेको समयमा ‘एक घर एक रक्तदाता’ भन्ने नाराका साथ युवामा सचेतना फैलाउने उद्देश्यले अभियान सुरु गरेको र यसले रगत अभावको समस्यामा केही सहयोग गर्ने अपेक्षा आफुहरूले राखेकाे अधिकारीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे