LISTEN LIVE RADIO

भालुवाङ-प्यूठान सडक खण्डकाे बर्राबासमा हाइसकाे ठक्करबाट साइकल यात्री गम्भीर घाइते



भालुवाङ-प्यूठान सडक खण्डकाे बर्राबासमा हाइसकाे ठक्करबाट साइकल यात्री गम्भीर घाइते

भालुवाङ १७ माघ । दाङ-देउखुरी स्थित भालुवाङ-प्यूठान सडक खण्डकाे बर्राबासमा हाइसले एक साइकल यात्रीलाई ठक्कर दिएकाे छ । बुटवलबाट प्यूठान तर्फ जाँदै गरेकाे बा ४ ख २९८० नम्बरकाे हाइसले बेलुका करिब साढे ५ बजेकाे समय भालुवाङ तर्फ आउँदै गरेकाे साइकलयात्रीलाई बर्राबासका ओरालाेमा ठक्कर दिंदा राप्ती गाउँपालिका-१, बगासाेती निवासी बर्ष ५१ का साइकलयात्री नमबहादुर रानामगर गम्भीर घाइते भएका छन् । घाइते रानाकाे मुख र टाउकाेमा गम्भीर चाेट लागेकाे छ ।

घाइते रानालाई भालुवाङ प्रस्तावित अस्पतालमा समान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएकाे इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिनु भएकाे छ । ठक्कर दिने हाइस र चालकलाई भने इप्रका भालुवाङले आफ्नाे नियन्त्रणमा लिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे