LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाद्वारा डाक्टर महताेकाे बिदाई



राप्ती गाउँपालिकाद्वारा डाक्टर महताेकाे बिदाई

भालुवाङ १८ पुस । राप्ती गाउँपालिका दाङले भालुवाङ स्थित लालमटिया स्वास्थ्य चाैकीबाट सरुवा भई जान लागेकी डाक्टर प्रतिभा महताेलाई बिदाई गरेको छ।

सुर्य विनायक अस्पताल भक्तपुरमा सरुवा भई जान लागेकी डाक्टर महताेलाई गाउँपालिकाले बुधबार पालिकामा फेरि भेटाैला कार्यक्रमकाे आयोजना गरि बिदाई गरेको हाे।गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, स्वास्थ्य शाखा प्रमुख नारायण रावत लगायत पालिकाका अन्य कर्मचारीहरुले फूल माला र टीका लगाई डाक्टर महताेकाे बिदाई गरेका थिए ।

कार्यक्रममा पालिकाका अध्यक्ष विष्टले डाक्टर महताेलाई पालिकाकाे तर्फबाट मायाको चिनाे समेत प्रदान गरेका थिए ।साे अवसरमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले डाक्टर महताेले सेवा अवधिभर स्वास्थ्य सेवा प्रवाहमा पुर्‍याएकाे याेगदानकाे उच्च प्रसंसा गर्दै जहाँ रहेर सेवा गरे तापनि देशका सबै क्षेत्रका बिरामीहरुले चिन्ने गरि काम गर्न आग्रह गरे।

त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले सरुवा प्रक्रिया नियमित प्रक्रिया भएकाे उल्लेख गर्दै जुनसुकै ठाउँमा सरुवा भए पनि आफ्नो पेशा र कर्म प्रति मर्यादित भएर सेवा प्रवाह गर्नु पर्ने बताए । डाक्टर महताे नेपाल सरकारले प्रदान गरेको छात्रवृत्ति मार्फत आफ्नो पढाइ पूरा गरि विगत डेढ वर्षअघि देखि लालमटिया स्वास्थ्य चाैकी भालुवाङ्ग कार्यरत रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे