LISTEN LIVE RADIO

विवाहका लागि पात टिपेर फर्किदै गरेको टयाक्टर गढवाको चिसापानीमा दुर्घटना, २८ जना घाईते



विवाहका लागि पात टिपेर फर्किदै गरेको टयाक्टर गढवाको चिसापानीमा दुर्घटना, २८ जना घाईते

गढवा १८ पुस । विवाहका लागि पात टिपेर फर्किदै गरेको टयाक्टर गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्।

बुधबार साँझ करिव ५ बजेर १५ मिनेटमा लु २ त ५१६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिएकी छिन् । घाईतेहुनेहरु सबै गढवा गाउँपालिका वडा नम्बर ४ पर्साका रहेको प्रहरीले बताएको छ। दुर्घटनामा परि घाइते भएका सवैलाई उपचारकाका लागि लमही अस्पतालमा पठाईएको छ। गढवा गाउँपालिका र लमही नगरपालिकाको ६ वटा एम्बुलेन्स प्रयोग गरी घाईतेहरुलाई अस्पताल पुर्‍याईएको गढवा गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य टुकमान कवंरले जानकारी दिएका छन् ।

गाडी चालक गढवा गाउँपालिका वडा नम्बर ४ पर्सा बस्ने अन्दाजी ३४ बर्षिय आशालाम चौधरीलाई प्रहरीले स्वास्थ्य चेकजाँच गरी आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे