LISTEN LIVE RADIO

गोरखा स्कुल लमहीले मनायो पाँचौं वार्षिकोत्सब



गोरखा स्कुल लमहीले मनायो पाँचौं वार्षिकोत्सब

लमही १८ पुस । गोरखा मोडेल सेकेन्डरी स्कुल लमही दाङले बुधबार आफ्नो पाँचौं वार्षिकोत्सब मनाएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष डोरबहादुर जिसीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले गुणस्तरीय शिक्षा सँगै जिवनउपयोगी तथा संस्कार सहितको शिक्षा दिन सुझाव दिएका थिए । साथै उनीहरूले विद्यालय तहमा लागू औषधका विषयमा शिक्षा दिन पनि आग्रह गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल लोकमान रिजालले देउखुरी क्षेत्रमा शिक्षा क्षेत्रमा नयाँ आयाम दिन विद्यालयले काम गरिरहेको जानकारी सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा गोरखा ग्रुपका प्रमुख कार्यकारी अधिकृत नवलसिंह घर्तीमगर, मनोपरार्मदाता खगेन्द्र पदमा तालिम तथा परार्श केन्द्रका अध्यक्ष पुरुषोत्तम गौतम, विद्यार्थी अश्विन विष्ट, गोरखडा आईडिल विद्यालयका प्राचार्य बसन्त पुन लगायतले शुभकामना मन्तब्य गरेका थिए । कार्यक्रममा विभिन्न विधाका विद्यार्थी, शिक्षकहरूलाई सम्मान गरिएको थियोे भने विभित्र साँस्कृतिक प्रस्तुति, नाटक प्रदर्शन गर्नुका साथै विद्यार्थीहरूले विज्ञानका कला प्रदर्शनी देखाएका थिए ।

कार्यक्रममा अजम्मरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पवन शर्मा रिजाललाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक प्रकाश वली र शिला रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे