LISTEN LIVE RADIO

राप्तीमा सञ्चालित शिक्षकहरूका लागि आयुर्वेद तथा योग सम्बन्धि अधिमुखीकरण कार्यक्रम सकियो



राप्तीमा सञ्चालित शिक्षकहरूका लागि आयुर्वेद तथा योग सम्बन्धि अधिमुखीकरण कार्यक्रम सकियो

भालुवाङ १४ पुस । दाङको राप्ती गाउँपालिकामा शिक्षकहरूका लागि सञ्चालित आयुर्वेद तथा योग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर, दाङको आयोजनामा विद्यालय शिक्षकहरूका लागि २ दिने आयुर्वेद तथा योग सम्बन्धि अधिमुखीकरण कार्यक्रम शनिबार राप्ती गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर, दाङका कार्यालय प्रमुख डा. मदन कुमार विसीको अध्यक्षतामा भएको कार्यक्रममा आयुर्वेदको परिचय, आहारविहार, योग, महत्त्वपूर्ण जडिबुटीको परिचय तथा प्रयोग, दिनचर्या तथा रातिचर्या लगायतका विषयमा सिकाइएको छ ।

सो अवसरमा डा. शंकरनाथ योगी, आयुर्वेद विभागका वरिष्ठ कविराज निरिक्षक खिमराज रिजाल लगायतका वक्ताहरूले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन वरिष्ठ कविराज निरिक्षक डा. कैलाश न्याैपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे