LISTEN LIVE RADIO

भालुवाङको रामजहदी सामुदायिक वनको हरितपार्कमा लभ साइनको स्थापना



भालुवाङको रामजहदी सामुदायिक वनको हरितपार्कमा लभ साइनको स्थापना

भालुवाङ १४ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ स्थित रामजहदी सामुदायिक वनमा रहेको हरित पार्कमा लभ साइनको स्थापना गरिएको छ ।

राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ भालुवाङले सो लभ साइन स्थापना गरेको हो । २०८० सालको भैलोबाट संकलित १ लाख ३ हजार रकम मध्ये ६० हजारको लगानीमा लभ साइनको स्थापना गरेको हो । संघले शनिवार एक कार्यक्रमको आयोजना गरि उक्त लभ साइनको उद्घाटन तथा हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष हरि खड्काको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमे खड्काको प्रमुख आतिथ्यतामा सो लभ साइनको प्रमुख अतिथि खड्काले उद्घाटन गरेका हुन् । लभ साइनको उद्घाटन गर्दै वडा अध्यक्ष खड्काले पर्यटन प्रवद्र्धनमा यस किसिमका वस्तुले महत्त्वपूर्ण सहयोग मिल्ने बताएका थिए ।

उद्घाटन पछि संघका अध्यक्ष खड्काले रामजहदी सामुदायिक हरित पार्कका अध्यक्ष हरिप्रसाद श्रेष्ठलाई सो लभ साइन हस्तान्तरण गरेका थिए । कार्यक्रममा राप्ती उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष जगतप्रसाद पोख्रेल र दाङ जिल्ला मोबाइल व्यवसायी संघका सदस्य मोहन आचार्य लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भैलो बाट संकलित रकम फजुल खर्च गर्नु भन्दा पार्कलाई व्यवस्थित तथा आन्तरिक पर्यटक भित्र्याउनु लभ साइनको स्थापना गरेको अध्यक्ष खड्काले बताए । संघले भैलोबाट संकलित रकमबाट क्यान्सर पिडित र मृगौला रोग पिडित २ जनालाई जनही ५/५ हजारका दरले सहयोग समेत गरेको छ ।कार्यक्रमको सहजीकरण संघका सदस्य अशोक बेल्वासेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे