LISTEN LIVE RADIO

माओवादी केन्द्र शितगंगा नगरपालिका वडा नम्बर ९ को उत्तरी खण्ड `क´ अर्घाखाँचीमा वडा भेला सम्पन्न



माओवादी केन्द्र शितगंगा नगरपालिका वडा नम्बर ९ को उत्तरी खण्ड `क´ अर्घाखाँचीमा वडा भेला सम्पन्न

अर्घाखाँची १४ पुस । नेकपा माओवादी केन्द्र शितगंगा नगरपालिका वडा नं. ९ उत्तरी खण्ड `क´ अर्घाखाँचीमा वडा भेला सम्पन्न भएकाे छ ।

वडा नम्बर ९ का पार्टी अध्यक्ष चुमानसिंह परियारकाे अध्यक्षता एवम् नगर कमिटी सचिवालय सदस्य बसन्त घर्ती मगरको प्रमुख आतिथ्यता तथा पुर्व पिएल इन्द्रबहादुर घर्ती मगरको विशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

प्रमुख अतिथि बसन्त घर्तीले पार्टी भित्र सुदृढीकरण जनस्तरमा परेका प्रभाव, पार्टी भित्रका नराम्रा क्रियाकलाप र पार्टी भित्र पार्टीलाई बद्नाम बनाउने धमिराहरुलाइ तह लगाउने र विकास निकासमा स्थानीय स्तर मा भएकाे भ्रष्टाचार र व्यथतीका विरुद्ध आवाज उठाउने जनस्तरमा परेका नराम्रा असरबारे सकारात्मक रुपमा सुझाव र आवाज सम्बन्धित निकाय सम्म पुर्‍याउने र पार्टीलाई अझै फरक र समाज प्रति उत्तरदायित्व वहन गर्ने गरि पार्टी अगाडि बढ्ने जस्ता कुरामा जोड दिएका थिए । कार्यक्रमकाे संचालन ९ नं. वडा पार्टी सचिव वीरबहादुर पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे