LISTEN LIVE RADIO

भालुवाङ महोत्सवको समापन लुम्बिनी प्रदेशका मन्त्री यादवले गर्ने, आज गायक पुस्कल शर्मा आउने



भालुवाङ १ चैत ।  दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा सञ्चालित पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०७९ को समापन लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री यादवले गर्ने भएका छन् ।

राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा फागुन १९ गते देखि चैत १ गते सम्म भालुवाङ पुल्चोक स्थित निमार्णाधिन बसपार्कमा सञ्चालित महोत्सवको समापन संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् । महोत्सवको समापन दिउँसो १ बजे हुने भएको छ ।

“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०७९ को अभियान” भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन गरिएको छ । महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ९ करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ ।

महोत्सवबाट भएको आम्दानीले उद्योग वाणिज्य संघको भवन निर्माण तथा फिल्ड मर्मत गर्ने र केहि रकम लालमटियामा रहेको दृष्टिविहिन छात्राबासको भवन निर्माणमा समेत सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।

यसै बीच चैत्र १ गते अन्तिम दिन आज चर्चित लोक दोहोरी गायक पुस्कल शर्मा, गायिका संगिता चितौरे, गायक तथा उद्घोषक राजेश भण्डारी, उद्घोषकहरु अशोक रावल, वर्षा पाण्डे र एलिसा डान्स ग्रुप लगायतका कलाकारहरु आउन लागेको मेला व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे