LISTEN LIVE RADIO

देउखुरीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु



भालुवाङ ३० फागुन । देउखुरीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँके जिल्लाको फुलटेक्रा निवासी वर्ष २० का करण कुर्मी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिएका छन् । मंगलबार बेलुका ६ बजे लमही-९ रिहारमा राजु प्रधानले चलाएको रा ७ त २२८६ नम्बरको ट्याक्टरको ढालाबाट  खसेर कुर्मी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि लमही अस्पताल ल्याइएको थियो । कुर्मीको उपचारका क्रममा बेलुका ७ बजे मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

उक्त ट्याक्टर  रिहारबाट सतबरिया तर्फ आउँदै गरेको थियो । ट्याक्टर चालक प्रधानलाई वडा प्रहरी कार्यालय लमहीले आफ्नो नियन्त्रणमा लिएर अनुशन्धान गरिरहेको छ । मृतक कुर्मीको आफन्तहरु सम्पर्कमा नआएको हुँदा उनलाई अहिले लमही अस्पतालमै राखिएको छ । उनको आफन्त सम्पर्कमा आएमा पोस्टमार्टम गरि आफन्तको जिम्मा लगाइने प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे