आशाका किरण र ३ नं. वडा कार्यालयकाे पहल : सफा र स्वच्छ वडा बनाउन संदेशमूलक भिडियो प्रदर्शन



आशाका किरण र ३ नं. वडा कार्यालयकाे पहल : सफा र स्वच्छ वडा बनाउन संदेशमूलक भिडियो प्रदर्शन

भालुवाङ २९ जेठ । दाङको राप्ती गाउँपालिका–३ लाई सफा, स्वच्छ र प्लास्टिकमुक्त वडा बनाउने उद्देश्यसहित टोल–टोलमा सरसफाइ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिएकाे छ।

सोही अभियान अन्तर्गत वडा नं. ३ को ६५ नं. टोलमा सरसफाइ सम्बन्धी जनचेतनामूलक भिडियो प्रदर्शनी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।
आशाका किरण संस्था र राप्ती गाउँपालिका–३ वडा कार्यालयको लागत साझेदारीमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष दिवस आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सरसफाइ, फोहोर व्यवस्थापन, प्लास्टिकजन्य प्रदूषण तथा खुला स्थानमा फोहोर फाल्ने वा जलाउने कार्यले वातावरण र मानव स्वास्थ्यमा पार्ने असरबारे जानकारीमूलक भिडियो प्रदर्शन गरिएको थियो। साथै सहभागीलाई सरसफाइ सम्बन्धी संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ताले प्रशिक्षण दिएका थिए ।

समुदायमा सरसफाइप्रतिको जिम्मेवारीबोध गराउँदै स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्न अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा १०० भन्दा बढी स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो। अभियान अन्तर्गत जेठ ३० गते शनिबार राप्ती गाउँपालिका–३ को खुरुरियामा निःशुल्क सुगर तथा रक्तचाप परीक्षण, फोहोर संकलन प्रतियोगिता, पुनःप्रयोग गर्न मिल्ने झोला वितरण तथा सरसफाइ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे