देउखुरीको कालाकाटेबाट ४ लाख बढिको इलेक्ट्रोनिक सामान बरामद
भालुवाङ १० साउन । दाङको देउखुरीमा कर छली गरी ल्याएका इलेक्ट्रोनिक सामान प्रहरीले बरामद गरेको छ ।
गढवा गाउँपालिका १ कालाकाटे स्थित पुर्व – पश्चिम राजमार्गमा अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ देखि दाङ तर्फ आउँदै गरेको सवारी साधन चेकजाँच गर्ने क्रममा बिल बिजक नभएको मोवाईल फोनमा प्रयोग हुने डिस्प्ले सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिएका छन् ।
उनका अनुसार मोबाइलमा प्रयोग हुने डिस्पेले १४८ थान -प्रति थान अन्दाजी ३ हजारका दरले जम्मा ४ लाख ४४ हजार मुल्य बराबरको अवैध इलेक्ट्रोनिक सामान बरामद गरिएको हो । कर छली गरी ल्याइएका उक्त सामानहरुको बारेमा आबश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्
