भालुवाङका आगलागी पिडित गुप्तालाई आशाका किरण मार्फत सहयोग : जगत र हिमानन्द बने सहयोगी
भालुवाङ १० साउन । दाङको राप्ती गाउँपालिका–१, पुरानो भालुवाङ बजार निवासी आगलागी पिडित रमेश कुमार गुप्तालाई आशाका किरण संस्थाले सहयोग गरेको छ ।

भालुवाङ निवासी संस्थाका सल्लाहकार तथा उद्योगपति जगतप्रसाद पोख्रेलले करिव ५ हजार मूल्य बराबरको १/१ सेट डसना, तन्ना, सिरानी र बल्याङकेट र राप्ती गाउँपालिका-२ लालमटिया निवासी वर्षा ए टु जेडका सञ्चालक हिमानन्द पाण्डेले करिव ६ हजार मूल्य बराबरको वाइरिङका सामान सहयोग स्वरूप आशाका किरण संस्थालाई हस्तान्तरण गरेका थिए । उक्त सामान संस्थाका अध्यक्ष दिवस आचार्यको नेतृत्वमा संस्थाका संस्थापक अध्यक्ष सुर्यकिरण केसी, महासचिव लोकमणी भुसाल, सचिव पवित्रा विश्वकर्मा, सह-कोषाध्यक्ष शिवराज भुसाल, सदस्यहरू सिर्जना खड्का र आशिष न्याैपाने लगायतको टोलीले पिडितकै घरमा पुगि उक्त सामानहरू सहयोग गरेको हो ।

गुप्ताको घरमा शनिबार राति विद्युत् सर्ट भएर आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा, फ्रिज तथा अन्य घरायसी सामग्रीहरु जलेर नष्ट भएको थियोे । राति करिब ९ बजेतिर घरको मिटरबक्समा तार सर्ट भई आगलागी भएको थियो ।

