राष्ट्रिय सङ्गीतकर्मी संघ दाङको अध्यक्षमा : दीपक बर्मा निर्विराेध निर्वाचित
दाङ १० साउन । राष्ट्रिय संगीतकर्मी संघ दाङ जिल्ला कार्यसमितिको आठौँ वार्षिक साधारण सभा तथा चौथो जिल्ला अधिवेशनबाट दीपक बर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विराेध निर्वाचित भएकाे छ । दाङकाे
तुलसीपुरस्थित भुइँयारथानमा आज आईतबार सम्पन्न चाैथाे अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कमल खड्का, उपाध्यक्षमा टंक खड्का, महिला उपाध्यक्षमा बेलमती बिक, सचिवमा नरेन्द्र चौधरी, सह-सचिवमा रमेश जैसी, कोषाध्यक्षमा अभिषेक गुप्ता, सह-कोषाध्यक्षमा मिना ओली र प्रवक्तामा अमर चौधरी चयन भएका छन् ।

त्यसैगरी अधिवेशनले सदस्यहरूमा लिला बुढाथोकी, एकुकुमारी ओली, मोती सुनार, श्वस्तिका बिक, मनकला घर्ती, मनकुमारी परियार, दीपक पुरी र कृष्ण भण्डारी निर्विराेध निर्वाचित हुनु भएकाे निर्वाचन समितीका सदस्य तथा राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेशका काेषाध्यक्ष दिपक वलीले जानकारी दिए ।
संघका दाङ जिल्ला अध्यक्ष श्रीधर कडेलकाे अध्यक्षता एवम् तुलसीपुर नगरपालिकाका मेयर टिकाराम खड्काकाे प्रमुख आतिथ्यता तथा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय सदस्य कुलबहादुर वलीकाे विशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएकाे हाे । अधिवेशनकाे बन्दसत्रले संघका निर्वतमान बरिष्ठ उपाध्यक्ष बर्माकाे नेतृत्वमा नयाँ जिल्ला कार्य समिती निर्वाचित गरेकाे थियाे । संघका केन्द्रीय सदस्य कुलबहादुर वलीकाे संयाेजकत्वमा रहेकाे निर्वाचन समितीकाे सदस्यहरूमा संघकी लुम्बिनी प्रदेश उपाध्यक्ष उषा दसाैदी र प्रदेशका काेषाध्यक्ष दिपक वली रहेका थिए ।

नवनिर्वाचित कार्य समितीलाई निर्वाचन समितीले प्रमाण-पत्र प्रदान गर्नुका साथै टीका, माला र खाँदा लगाएर बधाई ज्ञापन गरेकाे थियाे । साथै नवनिर्वाचित कार्य समितीलाई निर्वाचन समितीका संयाेजक तथा संघका केन्द्रीय सदस्य कुलबहादुर वलीले पद तथा गाेपिनयताकाे सपथ ग्रहण समेत गराएका थिए । नवनिर्वाचन कार्य समितीकाे पहिलाे बैठक समेत अधिवेशनस्थल दाङकाे तुलसीपुर स्थित भुइँयारथानमा सम्पन्न भएकाे छ ।

