गोरखा आइडियलले कक्षा ८ मा शतप्रतिशत नतिजा ल्यायो : विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान



गोरखा आइडियलले कक्षा ८ मा शतप्रतिशत नतिजा ल्यायो : विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान

भालुवाङ २९ चैत । गोरखा आइडियल स्कुलको आयोजनामा बधाई कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

राप्ती गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ८ को परिक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल भएपछि विद्यालयले विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई फूलमाला र टीका लगाएर सम्मान गरेको छ । परीक्षा सहभागी ५४ जना विद्यार्थीमा ५४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जसमा ३.६ जिपिए ल्याउने १३ जना, ३.२-३.६ जिपिए ल्याउने १९ जना, २.८-३.२ जिपिए ल्याउने १९ जना, २.४-२.८ जिपिए ल्याउने ३ जना विद्यार्थी रहेका छन् ।

विद्यालयका कार्यसमिति सदस्य महेन्द्र अधिकारीको अध्यक्षता एवम् गोरखा ग्रुपका एच आर डाइरेक्टर उत्तमराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने धारणा राख्दै विद्यार्थीको शैक्षिक प्रगतिको निरन्तर अनुगमन आवश्यक रहेको बताए। उनले भने, “बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी मुख्य रूपमा अभिभावककै हो। विद्यालयमा शिक्षकले पढाए कि पढाएनन् भन्ने विषयमा पनि अभिभावकले चासो राख्नुपर्छ। घर र विद्यालयबीचको सहकार्य मजबुत भए मात्र विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सक्छन्।” उनले अभिभावक, शिक्षक र विद्यार्थीबीचको त्रिपक्षीय सम्बन्ध सुदृढ भएमा शिक्षामा गुणस्तरीय सुधार सम्भव हुने उल्लेख गरे।

कार्यक्रममा राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी,जेष्ठ नागरिक श्यामलाल बराल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन प्रिन्सिपल बसन्त बहादुर पुनले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे