मातृभूमि सेवा केन्द्रद्वारा राप्तीमा सञ्चालित १ महिने निशुल्क योगा तथा जुम्बा फिटनेस कार्यक्रमको समापन



मातृभूमि सेवा केन्द्रद्वारा राप्तीमा सञ्चालित १ महिने निशुल्क योगा तथा जुम्बा फिटनेस कार्यक्रमको समापन

भालुवाङ ३० चैत । मातृभूमि सेवा केन्द्र नेपालद्वारा सञ्चालित  एक महिने निशुल्क योगा तथा जुम्बा फिटनेस कार्यक्रम सोमबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।

संस्थाका अध्यक्ष गीता गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती गाउँपालिका गाउँ कार्यपालिका सदस्य चम्फा भुसाल प्रमुख आतिथ्यता र नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका सभापति उत्तमकुमार अधिकारी विशिष्ट आतिथ्यतामा कार्यक्रमको समापन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भुसालले स्वस्थ जीवनशैलीका लागि योगा र फिटनेस गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा सहभागीहरू दया भण्डारी र बिमला अधिकारी लगायतले आफ्नो अनुभव तथा मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको अवसरमा संस्थाले प्रशिक्षक अनिता महतारा क्षेत्री, हल उपलब्ध गराएकोमा राप्ती गाउँपालिका, सहजीकरण गरेकोमा वडा नम्बर ३ को कार्यालय तथा कार्यक्रम सञ्चालनमा सहयोग पुर्‍याएकोमा पत्रकार मोतीराम भट्टराईलाई सम्मान गरेको थियो।१ महिने योगा तथा जुम्बा प्रशिक्षकमा अनिता महतारा क्षेत्री रहेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सचिव सिताराम गिरीले गरेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार मोतीराम भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे