ऐरावती क्याम्पस सञ्चालक समितिको अध्यक्षमा चाैधरी विजयी
भालुवाङ २९ चैत । दाङको राप्ती गाउँपालिका=२ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा बिलोचन चाैधरी विजयी भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा चाैधरीले १११ मतका साथ विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी ताराप्रसाद भुसालले ६५ मत मात्र प्राप्त गरे । चौधरी यस अघिको सञ्चालक समितिका उपाध्यक्ष हुन् भने भुसाल कोषाध्यक्ष हुन् । चाैधरीलाई नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो । भने भुसालले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
यसै गरि ६ खुल्ला सदस्य पदका लागि भएको निर्वाचनमा अनिल पाैडेल १२१, कुलराज न्याैपाने ११९, कृष्णप्रसाद सुवेदी १०८, डिलाराम पाैडेल १२८, बाबुराम थापा क्षेत्री १२२ र रामप्रसाद शर्मा १२४ मतका साथ विजयी भएको निर्वाचन संयोजक देवनारायण चाैधरीले जानकारी दिएका छन् । खुल्ला सदस्यमा बिरबहादुर चाैधरी ८५ र सन्दिप अधिकारी १०२ मत ल्याएर पराजित भएका छन् । यस्तै महिला सदस्यमा चम्फा भुसाल, बृहस्पति श्रेष्ठ, अभिभावक सदस्यमा टिकाराम रावत, लेखा सुपरिवेक्षण संयोजकमा पुष्पराज अधिकारी निर्विरोध निर्वाचित भएका छन् । लेखा सुपरिवेक्षण सदस्य पदमा दुर्गाप्रसाद भुसाल र पद्मबहादुर गिरी पनि निर्विरोध निर्वाचित भएका छन् । कुल २१३ मतदाता रहेको क्याम्पसमा कुल १७६ मत खसेको थियोे ।

