रोग लुकाउने बानीले जोखिम बढ्यो, समयमै उपचार गर्नुस् : नगरप्रमुख चाैधरी



रोग लुकाउने बानीले जोखिम बढ्यो, समयमै उपचार गर्नुस् : नगरप्रमुख चाैधरी

देउखुरी २९ चैत । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले मिर्गी (क्षारे) जस्ता रोग लुकाएर बस्ने प्रवृत्तिका कारण बिरामीहरूको संख्या बढ्दै गएको बताएका छन्।

शनिबार लमही नगरपालिका–४ बड्का घुम्नामा सर्वेश्वरी समूहद्वारा आयोजित निशुल्क मिर्गी रोग शिविर उद्घाटन समारोहमा बोल्दै उनले विशेषगरी थारू समुदायमा रोग लुकाउने बानीले समस्या जटिल बन्दै गएको उल्लेख गरे। “आफूलाई लागेको रोग डाक्टरसमक्ष खुलस्त रूपमा नराख्दा समयमै निदान हुन सक्दैन,” उनले भने, “रोग लुकाउने होइन, निर्धक्क भएर स्वास्थ्यकर्मीलाई समस्या बताउनुपर्छ।” उनले समयमै रोग पहिचान भए उपचार सहज हुने र बिरामीको संख्या पनि घट्दै जाने स्पष्ट पारे।

कार्यक्रम संयोजक बसन्ती चाैधरीको अध्यक्षता एवम्
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चाैधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भारतीय आश्रमका सुचना तथा सञ्चार मन्त्री पारस सिंह, डाक्टर मनिस सिंह,
कृषि तथा पशुपंक्षी विभाग आश्रमका मुख्यमन्त्री डा. बामदेव पाण्डे, गाउँ अगुवा हल्लुप्रसाद चाैधरी, वडा प्रहरी कार्यालय लमहीका वरिष्ठ प्रहरी नायब निरिक्षक युवराज चन्द र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शिविरमा १ सय भन्दा बढी बिरामीले सेवा लिएका छन् ।

भारतीय १० जना डाक्टरको टिमले बिरामीको स्वास्थ्य परिक्षण गरेका छन् । थारू कल्याणकारिणी सभा लमही नगर समिति सभापति शिवप्रसाद चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मुकेश चाैधरीले गरेका थिए । यसै गरि समुहले आइतबार चैत २९ गते राप्ती गाउँपालिका-५ सिसहनियाँ स्थित तिलगंगा सर्जिकल आँखा केन्द्रको सहकार्यमा विहान १० देखि बेलुका ४ बजे सम्म निशुल्क आँखा शिविर समेत आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे