विपत्त पूर्व तयारी तथा प्रतिकार्य याेजना बनाउन जुट्याे कार्यदल
देउखुरी २८ चैत । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत गठित विपत्त पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपत्त पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । कार्यदलका संयाेजक मन्त्रालयका विपत्त फाेकल पर्सन भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले तत्काल विपत्त पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृया अगाडी बढाउने निर्णय गरेकाे छ ।
बैठकले स्थानीयतहबाट जाेखिम तथा स्राेत नक्साङ्कनकाे काम कार्यलाई बैशाख मसान्त भित्र सुचना लिने र जेष्ठ दाेस्राे हप्ता भित्र विपत्त पूर्वतयारी तथा प्रतिकार्य याेजनाकाे मस्याैदा तयार गर्ने निर्णय समेत गरेकाे छ । त्यसका लागि पहिलाे चरणमा लुम्बिनी प्रदेशभरिका सबै स्थानीयतहबाट बिपत्त सम्बन्धि तथ्यांक संकलनका लागि पत्रचार गर्ने निर्णय गरेकाे छ । साथै बैठकले कार्ययाेजनाकाे मस्याैदा निर्माणका लागि सबै पालिकाबाट आवश्यक तथ्यांक संकलनका लागि सबै सदस्यहरूले आवश्यक सहजीकरण गर्ने निर्णय समेत गरेकाे छ ।
साे अवसरमा बाेल्ने बक्ताहरू एकीकृत विपत्त पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण गर्न आवश्यक रहेकाे बताएका थिए । उनीहरूले छुट्टाछुट्टै कार्ययाेजनाले कार्य सम्पादनमा जटिलता सिर्जना गरेकाे समेत बताएका थिए । बैठककाे सहजीकरण सुपर परियाेजना युनिसेफ प्रदेश संयाेजक डम्मर बाेहराले गरेेका थिए ।

