भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय



भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ १४ चैत । सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य छानबिनका लागि एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मा यस विषयलाई प्राथमिकताका साथ समावेश गरिएको हो ।  भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते व्यापक जनधनको क्षति भएको थियो ।गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारलाई सिफारिस गरेअनुसार बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले समिति गठनको निर्णय गरेको हो । आयोगले भदौ २३ गतेसँग सम्बन्धित विषयमा मात्रै बढी केन्द्रीत रहेर प्रतिवेदन दिएको थियो भने २४ गतेको हकमा थप छानबिन गर्न सरकारलाई सिफारिस गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे