खुकुरी देखाई युवतीमाथि कुटपिट गर्ने युवक लागुऔषध सहित पक्राउ



खुकुरी देखाई युवतीमाथि कुटपिट गर्ने युवक लागुऔषध सहित पक्राउ

भालुवाङ ३ असार । दाङको तुलसीपुरमा एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने एक युवक लागुऔषध सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडियोका आधारमा मिति २०८३ असार २ गते इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उनकै घरबाट पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीले उनको साथबाट विभिन्न किसिमका ट्याब्लेट बरामद गरेको जनाएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई समेत प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ। कुटपिटबाट पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले सामाजिक सञ्जालमा हिंसात्मक गतिविधि प्रदर्शन गर्ने तथा कानूनविपरीतका कार्यमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे