रोल्पामा एकै घरका दुई बालिका माथि जबर्जस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ



रोल्पामा एकै घरका दुई बालिका माथि जबर्जस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ

रोल्पा ३ असार । रोल्पामा एकै घरका दुई बालिका माथि जबर्जस्ती करणी गरेको आरोपमा ५५ वर्षीय एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका–४ थर्पु निवासी ५५ वर्षीय धन प्रसाद पुन रहेका छन् । उनले १५ वर्षीया एक बालिका तथा उनकी ११ वर्षीया बहिनीमाथि जबर्जस्ती करणी गरेको आरोप रहेको प्रहरीले जनाएको छ। घटनापछि पीडित पक्षको उजुरीका आधारमा आरोपित पुनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे