अत्यधिक गर्मीका कारण राप्ती गाउँपालिकाका सवै विद्यालयहरूमा दुई दिन गर्मी बिदा



अत्यधिक गर्मीका कारण राप्ती गाउँपालिकाका सवै विद्यालयहरूमा दुई दिन गर्मी बिदा

भालुवाङ ३ असार । दाङको राप्ती गाउँपालिकाले २ दिन गर्मी बिदा दिएको छ ।

अत्यधिक गर्मी तथा बढ्दो तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै असार ४ र ५ गते दुई दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरूमा गर्मी बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकद्वारा हस्ताक्षरित जारी गरेको सुचनामा उल्लेख छ ।

सो बिदा वार्षिक रूपमा प्रदान गरिने वर्षे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिने निर्णय गरिएको बताइएको छ । बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै उक्त निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले सबै विद्यालयलाई सूचनाको पालना गर्न तथा अभिभावक र विद्यार्थीहरूलाई यसबारे जानकारी गराउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे