लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा चैंते दशैंको शुभकामना : आज प्रदेशभर सार्वजनिक बिदा



लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा चैंते दशैंको शुभकामना : आज प्रदेशभर सार्वजनिक बिदा

दाङ १२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चैते दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको कामना गरेका छन् ।

मुख्यमन्त्री आचार्यले जारी गरेको शुभकामना सन्देशमा चैते दशैंलाई नेपालीहरूको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा उल्लेख गर्दै यस्ता चाडपर्वहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र समग्र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले मौलिक चाडपर्वहरू नेपाली पहिचानको आधार हुनुका साथै पर्यटन प्रवद्र्धनसँग पनि गहिरो सम्बन्ध रहेको उल्लेख गरेका छन् । लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक पर्यटनको विकासमार्फत प्रदेशको समृद्धि हासिल गर्ने लक्ष्य लिएको उनको भनाइ छ । सन्देशमा नेपालले लामो संघर्षपछि प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समावेशी शासन व्यवस्थाले सबै धर्म, संस्कृति र परम्परालाई समान सम्मान गर्ने आधार प्रदान गरेको उल्लेख गरिएको छ । विविध चाडपर्वहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउँदै आएको पनि उनले बताए ।

मुख्यमन्त्री आचार्यले चैते दशैंले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहकार्य र भातृत्व अझ मजबुत बनाउनुका साथै सबैको जीवनमा नयाँ ऊर्जा, उत्साह र सकारात्मकता ल्याओस् भन्ने कामना गर्नुभएको छ । यसैविच लुम्बिनी प्रदेश सरकारले चैते दशैंको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे