मौरीघाटमा मोटरसाइकल र स्कुटी ठोक्किँदा तीन जना घाइते
भालुवाङ ११ चैत । दाङको राप्ती गाउँपालिका–४ मौरीघाट स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल र स्कुटी एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
राती ८ बजेको समयमा रा ३ प ७८३७ नम्बरको मोटरसाइकल र रा २ प ४११२ नम्बरको स्कुटी एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक राप्ती गाउँपालिका–९ देविकोट निवासी अन्दाजी ३८ वर्षीय रविलाल ओली घाइते भएका छन्। त्यस्तै स्कुटी चालक राप्ती गाउँपालिका–४ मौरीघाट निवासी अन्दाजी २२ वर्षीय सागर परियार र स्कुटीमा सवार घोराही उपमहानगरपालिका–२ रामपुर निवासी अन्दाजी २० वर्षीय अरुण बुढा पनि घाइते भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।
घाइते तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। उनीहरूकाे भालुवाङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएकाे छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।