राजेश हमालकाे नाम जाेडेर चलचित्र बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा



राजेश हमालकाे नाम जाेडेर चलचित्र बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

काठमाण्डाै ५ चैत । अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ ।

गाउँपालिकाले अभिनेता राजेश हमालको तस्वीर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्रका लागि १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार अध्यक्ष साउदसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र आरजे ट्वान्टी फोर न्यूज एवम् नव इन्द्रेणी फाउन्डेशनका अध्यक्ष रामजी लम्सालविरुद्ध मुद्दा दायर भएको हो । हमालको नाम जोडेर चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा १२ लाख ७७ हजार २५० रुपैयाँ भुक्तानी गरेको पाइएको अख्तियारले सबैसँग बिगो र थप सजाय माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे