सिसहनियाँ उद्योग वाणिज्य संघद्वारा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न



सिसहनियाँ उद्योग वाणिज्य संघद्वारा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

सिसहनियाँ ४ माघ । सिसहनियाँ उद्योग वाणिज्य संघले आइतबार स्वागत, बधाई तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।  संघले प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी, सदस्य तथा विषयगत समितिका संयोजक तथा सदस्यहरू तथा राप्ती आधारभूत अस्पताल कालापानीका मेसु सुशिल केसीलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ भने ३० वर्षे कार्यकाल पूरा गरि अनिवार्य अवकास लिएका इलाका प्रहरी कार्यालय सिसहनियाँका कार्यालय प्रमुख प्रहरी निरिक्षक रकमबहादुर खड्कालाई बिदाई गरेको छ ।

संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीको अध्यक्षता एवम् जेष्ठ नागरिक मधु सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै खानेपानीका नवनिर्वाचित  अध्यक्ष तिर्थराज ज्ञवालीले आफ्नो कार्यक्षेत्र भित्रका नागरिकहरूलाई सर्वसुलभ र अझ स्वच्छ तथा शुद्व खानेपानी पुर्‍याउने लक्ष्य रहेको बताए । त्यस्तै उनले सरकारी तथा गैरसरकारी संघसंस्था सँग निरन्तर सहकार्य गरेर अगाडि बढ्ने बताए । अध्यक्ष ज्ञवालीले सम्मानले काम गर्न अझ उर्जा मिलेको र जिम्मेवारी थपिएको समेत बताए ।  सो अवसरमा सिसहनियाँ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष पुर्णबहादुर बुढाथोकी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका उद्योग उपाध्यक्ष भागवत ज्ञवालीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संघका प्रेस सल्लाहकार सन्तोष कुमार गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे